Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समता लघुवित्तले नाफामा उल्लेखिय वृद्धि, नेटवर्थ कति ?

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । समता लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ११ लाख ९० हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा २९४.५६५ धेरै हो । अघिल्लो वर्ष कम्पनीले २८ लाख ३६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो त्रैमाससम्म कम्पनीले २ करोड ५८ लाख २३ हजार रुपैयाँ राइट ब्याक गरेपछि कम्पनीको नाफा बढेको देखिन्छ ।  यता, कम्पनीको खुद ब्याज आम्दानी भने २७.२७५ ले घटेर १ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले २ करोड ३३ लाख ५१ ह्जार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्म कम्पनी ८२ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष कम्पनीले १४ लाख २७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।  असोज मसान्तसम्म यसले ६५ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी २२ करोड ९३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड ५१ लाख रुपैयाँ रहेको छ । समताले खराब कर्जा पनि घटाउन सफल भएको छ । अघिल्लो वर्ष २.२२५ रहेको यसको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा घटेर १.६९५ मा सिमित भएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४२ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा रहेको छ ।