Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले बढ्यो नेप्से

२०७७ कार्तिक २३ गते

बैंकिङ खबर । साताको पहिलो दिन (आज) आइतबार शेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अंगले बढेको हो । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.४९ अंकले बढेर एक हजार ६४८.४९ मा पुगेको छ । नेप्से ०.७६ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.५७ अंकले बढेर ३२५.९४ मा पुगेको छ । कूल १९८ वटा कम्पनीको १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँको कारोबार भएको छ । स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर घटेको छ।  यस्तै आज कारोबार भएका कुल कम्पनीहरुमध्ये नेपाल पुनः बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २५ करोड ९२ लाख २ हजार २ सय ८२ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

 

Ad