Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आइपिओ भर्ने तरखरमा हुनुहुन्छ ? तीन दिन पछाडि आउँदैछ १९ लाख कित्ता सेयर

२०७७ कार्तिक २३ गते

बैंकिङ खबर । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर ‘आइपिओ’ बजारमा आउन तीन दिन मात्र बाँकी रहेको छ । कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि सर्वसाधारणका लागि १९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १०० अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर ‘आइपीओ’ निष्काशन गर्न लागेको हो । उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिनेछ । लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर ‘आइपिओ निष्कासन गरेको थियो । उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

Ad