Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चाडैं नै आइपीओ ल्याउन लागेको सयपत्री हाइड्रोपावरको आज साधारण सभा

२०७७ कार्तिक २१ गते

बैंकिङ खबर । सयपत्री हाइड्रोपावरको चौथो वार्षिक साधारण सभा आज शुक्रबार (कात्तिक २१ गते) कम्पनीको रजिष्टर्ड कार्यालय चावहिल काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुँदैछ । सभामा सयपत्रीले आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेश गर्ने भएको हो। यस्तै, कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा पनि रहेको छ ।  साथै, हाइड्रोपावर कम्पनीले ३ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सयपत्रीले बागलुङ जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ खुला गर्न लागेको हो । स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि फेरि सर्वसाधारणका लागि खुला गरिनेछ । केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई सबैभन्दा खराव रेटिङ ’केयर एनपि आइपिओ ग्रेड ५’ दिएको हो । यसले कम्पनीको वित्तीय अवस्था तथा कम्पनीले प्रदान गर्ने प्रतिफल सबैभन्दा कमजोर रहेको जनाउछ । सयपत्रीले बागलुङ जिल्लामा २.५ मेगावटको धर्मखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

Ad