Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

को बन्ला स्टक ब्रोकर्स एशोसिएशन नेपालको नयाँ अध्यक्ष ?

२०७७ कार्तिक २० गते

बैंकिङ खबर । स्टक ब्रोकर एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वको टुङ्गो कात्तिक २१ गते शुक्रवार लाग्ने भएको छ । नयाँ नेतृत्व चयनसहित विविध प्रस्ताव पारित गर्न एशोसिएशनको २६ औं वार्षिक साधारण सभा शुक्रवार हुँदैछ । हाल ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाट एशोसिएशनका अध्यक्ष रहेका छन् । रानाभाटको कार्यकाल असोज १२ गते सकिएको हो । रानाभाट अघि ब्रोकर नम्बर– ५० क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिजका कार्यकारी अध्यक्ष प्रियराज रेग्मी एशोसिएशनको अध्यक्ष रहेका थिए ।केहि ब्रोकर व्यवसायीले नयाँ आउने अध्यक्षलाई हाल चर्चामा रहेको वाणिज्य बैंकको शाखा कार्यालयलाई ब्रोकर लाईसेन्स, ब्रोकर कमिसन घटाउने माग र अनलाईन कारोबार प्रणालीको प्रभावकारी व्यवस्थापन जस्ता चुनौतिको सामना गर्नुपर्ने बताएका छन् ।

 

Ad