Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बिहीबार नेप्से ४.४७ अंकले घट्यो

२०७७ कार्तिक २० गते


बैंकिङ खबर । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ कारोबार परिसूचक सामान्य अंकले ओरालो लागेको छ । आज बिहीबार नेप्से परिसूचक ४.४७ अंकले घटेर १ हजार ६ सय ३६.१७ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक २.११ अंकले घटेर ३ सय २४.३८ अंकमा सिमित भएको छ ।  बुधबार २ सय १ कम्पनीहरुको ५६ लाख ३१ हजार ४९४ कित्ताको शेयर खरिदबिक्री भई १ अर्व ७५ करोड ७४ लाख २३ हजार ७४५ रुपियाँको कारोबार गरेको थियो  । आज कारोबार गरेका कूल २०० कम्पनीकोे ९० लाख ७७ हजार ११२ कित्ता सेयर खरिद बिक्रि हुँदा २ अर्व ८२ करोड ७९ लाख ८३ हजार ६०१ रुपिँयाको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार प्राइम कमर्सियल बैंकको भएको छ । जसको २० करोड ८४ लाख ६० हजार ८ सय ५९ रुपियाँको कारोबार भएको छ । आज १२ वटा उप परिसूचकहरुमा ४ वटा समुहहरु बढेका छन् भने ८ वटा समूहहरु घटेका छन् ।

Ad