बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले १७.८३ प्रतिसत लाभांस घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले १६.९३ प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागी ०.८९ प्रतिसत नगद लाभांस घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको १४ करोड ४८ लाख ६० हजार बोनस सेयर र ७६ लाख २४ हजार २१० रुपैयाँ क्यास डिभिडेण्ट घोषणा गरेको हो । सो लाभांसको लागी कम्पनीले नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागी पठाउने र साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।



