Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा सामान्य अंकको गिरावट, प्राइम कमर्सियल बैंकको सर्वाधिक कारोबार

२०७७ कार्तिक १९ गते

बैंकिङ खबर । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २ दशमलव ३९ अंकले घटेर १ हजार ६ सय ४० दशमलव ६४ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ११ अंकले घटेर ३ सय २६ दशमलव ४९ अंकमा पुगेर बन्द भएको छ । आज बुधबार २ सय १ कम्पनीहरुका ५६ लाख ३१ हजार ४९४ कित्ताको शेयर खरिदबिक्री भई १ अर्व ७५ करोड ७४ लाख २३ हजार ७४५ रुपियाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार प्राइम कमर्सियल बैंकको भएको छ । जसको ९० करोड ५३ लाख ३ हजार ४ सय ३३ रुपियाँको कारोबार भएको छ ।आज १२ वटा उप परिसूचकहरुमा ५ वटा समुहहरु बढेका छन् भने ७ वटा समूहहरु घटेका छन् ।

Ad