
बैंकिङ खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाले मायादेवि गांउपालिका वडा नं. ३ स्थित सदस्य मिरा लोधको श्रीमानको मृत्यु पश्चात म्यादी बीमाबाट प्राप्त रकम एक लाख हस्तान्तरण गरेको हो । सोहि बीमा रकमले पीडित पक्षको पीडामा मलमको काम गर्ने स्थानिय समाजसेवीले बताए । ठुलो क्षति लाई पुर्ति गरेको भन्दै उन्नति सहकार्य लघुबित्तले गरिबहरुलाई गाउँगाउँमा समुह मार्फत बित्तिय सेवा दिई उनीहरुको आर्थिक अवस्था माथि उकास्न बित्तिय पहुंच पुर्याइरहेको बताउदै सामाजिक उत्तरदायित्व समेत बहन गरेकोमा उनले संस्थालाई धन्यवाद दिए । उनले आगामी दिनमा अझै राम्रा राम्रा कार्यक्रमहरु ल्याउन आग्रह गरे । बीमा नियम अनूसार सदस्यको काल गतिले मृत्यू भएमा १ सय २८ प्रतिशत र दूर्घटनामा मृत्यू भएमा २०० प्रतिशत साथै सदस्यको श्रीमान्को मृत्यू भएमा १ सय प्रतिशत क्षतिपूर्ति दिने व्यवस्था गरिएको शाखाका सहायक कर्मचारी जोगेन्द्र यादवले जानकारी दिए । संस्थाले ५५ वटा शाखाहरु, १ वटा प्रदेशिक कार्यालय र केन्द्रीय कार्यालय कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा पुर्याेइरहेको छ ।संस्थाले ग्रामीण क्षेत्रमाबसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारकामहिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो कर्जा लगानीगर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । संस्थाले देशको कुना कन्दरामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै तालिम लिएका सदस्यहरुलाई आवश्यकता अनुसार लगानी समेत गर्दै आईरहेको छ ।


