
बैंकिङ खबर । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २० गतेदेखि कार्तिक ४ गतेसम्म लिलामी मार्फत बिक्री गरेको १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता संस्थापक समूहको शेयर बाँडफाँड गरेको छ । कम्पनीको सनिबार सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिकित्ता ३९५ .२५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी लिलामी आवेदन दिन लगानीकर्तालाई शेयर बाँडफाँड गरेको हो । कम्पनीको बाँडफाँड सेयर नपाएका लगानीकर्तालाई शेयर बापत जम्मा गरेको रकम मंगलबारदेखि आइपीएस मार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता गरिने कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।