Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समाज लघुवित्तको वित्तीय विवरण सार्वजनिक, यस्तो छ कम्पनीको नेटवर्थ ?

२०७७ कार्तिक १८ गते

 

बैंकिङ खबर । समाज लघुवित्त वित्तीय संस्थाले चालु आर्थिकम वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चालु आवको पहिलो तीन महिनाको वित्तीय अवस्था सार्वजनिक गरेको हो । कम्पनीले चालु आवको पहिलो तीन महिनामा ३९ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा लघुवित्तले ३ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो । चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १९. ५४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०५.१० रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तले ८ लाख ४३ हजार रुपैयाँको खुद ब्याज आम्दानी रहेकोमा २० लाख ८३ हजारले बढेर २९ लाख २६ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा नोक्सानी व्यवस्था वापत ६ करोड २७ लाख रुपैयाँ रकम छुट्टाउनुपर्दा लघुवित्त ५ करोड ९६ लाख रुपैयाँ सञ्चालन नोक्सानी पुगेको छ । यद्यपी लघुवित्तले ६ करोड ३५ लाख खराब कर्जा उठाउँदा ३९ लाख नाफामा पुगेको छ । लघुवित्तको खराब कर्जा ० दशमलव ०४ प्रतिशत रहेको छ ।

Ad