Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्यो १० अर्बको रिभर्स रिपो

admin २०७३ श्रावण १९ गते
सेयर:

nepal-rastra-bankनेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता खिच्ने उद्देश्यले केन्द्रीय बैंकले बोलकबोलमार्पत सात दिने अवधिको रिभर्स रिपो जारी गरेको हो । जसअनुसार साउन २६ गते रिभर्स रिपो परिपक्व हुने राष्ट्र बैैंकले जनाएको छ । बोलकबोलमा परेको सबैभन्दा कम व्याजदरलाई आधार मानेर व्याजदर निर्धारण गरिने छ ।

असारको अन्तिममा सरकारी विकासखर्च अत्याधिक बढेकाले बजारमा तरलता बढेको छ । असार अन्तिम सातामात्रै साढे ४७ अर्ब रुपैयाँ सरकारी विकास खर्च भएको छ । गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक–पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

बुधबार जारी गरेको रिपो चालू आर्थिक वर्ष २०७३/०७४ को तेश्रो रिपो हो । यसअघि केन्द्रीय बैंकले साउन ५ गते दश करोड तथा साउन १२ गते दश अरब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।