बैंकिङ खबर । नेप्सेले सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकरण तथा कारोबार फुकुवा गरेको छ । नयाँ नेपाल र सारथी लघुवित्त एक आपसमा गाभिएपछि नेप्सेमा सेयर सूचीकरण भएको हो । नेप्सेमा सारथी नेपाल लघुवित्तको नाममा २३ लाख ५३ हजार ८२१ कित्ता सेयर सूचीकृत भएको हो। अब कम्पनीको शेयर कारोबार सोमवारदेखि हुनेछ । सारथी लघुवित्तसँग मर्जर सम्झौता गरेपछि नयाँ नेपाल लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का थियो। यी दुई कम्पनीले गत असोज ५ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।
