
बैंकिङ खबर । आज नेप्से सूचक ४.७२ अंकले घटेर १६४०.९५ विन्दुमा अडिएको छ । १९६ कम्पनीको ३७ हजार ५९४ पटकको व्यापारमा २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका १२ समुहमध्ये व्यापारिक समुहको परिसूचक सर्वाधिक २ दशमलव २ प्रतिशतले बढेको छ । भने जलविद्युतको १ दशमलव ३९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ५१ प्रतिशत र लघुवित्तको १ दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ ।आज बैंकिङ समुहको १ दशमलव शून्य ९ प्रतिशत, होटलको शून्य दशमलव ८७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३३ प्रतिशत, वित्तको शून्य दशमलव २५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको देखिन्छ ।

नेप्से अनुसार आज उच्च कमाउने शीर्ष १० कम्पनीहरु
आज हिमालय ऊर्जा विकास कम्पनी, नेपाल फाइनान्स, विशाल बजार तथा शिवश्री हाइड्रोपावरको भाउ बढेको छ ।

नेप्से अनुसार आज गुमाउने शीर्ष १० कम्पनीहरु
आज गुमाउनेमा भने स्ट्यान्डर्ड चाटर्ड बैंकसँगै जनरल इन्स्योरेन्स, कर्णाली विकास बैंक र सनराइज् बैंकका लगानीकर्ता अगाडि छन् ।
