
बैंकिङ खबर । नेपाल बङ्गलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा मंसिर ७ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा अपरान्ह २ बजे हुने भएको हो । साधारण सभाले २ प्रतिशत नगद लाभांश वितरण गर्ने वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान लगायतमा छलफल तथा लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता विषयमा समेत छलफल हुने बताइएको छ । यस्तै, कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने सम्बन्धी प्रस्ताव समेत रहेको छ । हाल कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा रहेकोमा बिजुलीबजारमा स्थानान्तरण गर्ने प्रस्ताव समेत रहेको जनाइएको छ ।