
बैंकिङ खबर । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले प्रस्तावित १३ दशमलव ६० प्रतिशत लाभांशसहित विविध प्रस्ताव पारित गर्न कात्तिक २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश र साधारण सभा प्रयोजनका लागि सोमबार बुक क्लोज हुँदैछ । हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार रहेको छ । बोनसपछि पूँजी ९ अर्ब ६८ करोड १५ लाख १८ हजार पुग्नेछ । बैंकको १६ औं वार्षिक साधारण सभा बिहान ११ बजे आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा सुरु हुनेछ ।