
बैंकिङ खबर । नेपाल फाइनान्स लिमिटेडको १२५ प्रतिशत हकप्रद सेयर मंसिर ४ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।
कम्पनीले पुँजी वृद्धिका लागि १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। मंसिर २४ गतेसम्म विक्रीमा रहने यस कम्पनीको हकप्रद शेयरमा कात्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
कम्पनीले कात्तिक ६ गते बुक क्लोज गरेको थियो। यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौंसँगै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, तथा अन्य शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । त्यस्तै, सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । फाइनान्सको चुक्ता पुँजी १३ करोड ५८ लाख १ हजार रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३० करोड ५५ लाख ५१ हजार पुग्नेछ ।