बैंकिङ खबर । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । वित्तीय संस्थाको नाम परिवर्तन भई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड भएको हो । कम्पनीको २०७६ पुस २९ मा भएको वार्षिक साधारण सभाको निर्णयले यस्तो निर्णय गरेको थियो । सोही अनुसार २०७७ असोज २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट पाएको स्वीकृत पत्रको आधारमा नाम परिवर्तन भएको हो ।