Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आजदेखि अपि पावरको ४७% हकप्रद सेयर बिक्री खुल्ला

२०७७ कार्तिक १४ गते

 

बैंकिङ खबर । आजदेखि अपि पावरको ४७% हकप्रद सेयर बिक्री खुल्ला भएको छ । गत फागुन १२ गते हकप्रद निष्कासन गर्न स्वीकृति कम्पनीले आजदेखि ४७% हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १०० अंकित दरका ५६ लाख ७० हजार कित्ता  हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गर्न लागेको हो । यसको हकप्रद विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
लगानीकर्ताले यस हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनीको थापाथली कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, बीरगञ्ज, पोखरा , बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेतका साथै ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु गोकुेलेश्वर, नौंगाड, खलंगा र बैतडीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र सिडिएससीको मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने छ । २०७६ साल फागुन ३० गतेसम्म कायम सेयरधनीले यो हकप्रद भर्न पाउनेछन् ।

 

Ad