October 31st, 2020

नेपालमा चल्ने विदेशी मुद्राहरु

बैंकिङ खबर । अपेक्षा ढुंगाना । नेपाल राष्ट्र बैंकका अनुसार नेपालभित्र निम्न २१ प्रकारका विदेशी मुद्राहरुमात्र किनबेच गर्न पाइन्छ । नेपाल राष्ट्र बैंकले निकालेको विदेशी मुद्रा विनिमयदर र बैंक तथा वित्तीय संस्थाले निकालेको विदेशी मुद्रा विनिमय दर फरक पर्न सक्दछ ।  बैंक तथा वित्तीय संस्थाहरुले सोही दिन भारतीय बजार खुलेपछि बिहान १० बजेपछि विदेशी मुद्रा विनिमय दर प्रकाशन गर्दछन् । केन्द्रीय बैंकले विदेशी मुद्रा विनिमयदर बैंक तथा वित्तीय संस्थाहरुको लागि प्रकाशन गर्दछ भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुको लागि प्रकाशन गर्दछन् । विदेशी मुद्राको उत्तार चढाव हेरेर बैंक तथा वित्तीय संस्थाले सोही दिन एक पटक भन्दा बढी विदेशी मुद्रा विनिमयदर प्रकाशन गर्दछन् । यसरी प्रकाशन गर्दा मुद्रा, एकाई, खरीददर (५० मुनिका नोटहरु), खरीददर (५० वा ५० माथिका नोटहरु) र बिक्रीदर खुलाएर प्रकाशन गर्दछन् । यसैगरी,  विदेशी मुद्रा विनिमयदर प्रकाशन गर्दा जापानी येन एकाई १० मा, कोरियन वन र भारतीय रुपियाँ एकाई १०० मा प्रकाशन गर्दछन् ।

भारतीय रुपियाँ  (Indian Rupee)

अमेरिकी डलर (U.S. Dollar), 

युरो  (European Euro)

पाउण्ड स्टर्र्लिङ (UK Pound Sterling)

अस्ट्रेलियन डलर  (Australian Dollar)

स्वीस फ्रान्क (Swiss Franc)

क्यानेडियन डलर  (Canadian Dollar)

सिङ्गापुर डलर  (Singapore Dollar)

जापानी येन (Japanese Yen)

हङकङ्ग डलर  (Hong Kong Dollar)

डेनिस क्रोनर  (Danish Kroner)

कतारी रियाल  (Qatari Riyal)

साउदी रियाल (Saudi Arabian Riyal)

स्विडिस क्रोनर (Swedish Kroner)

थाई भाट (Thai Baht)

मलेसियन रिंगिट  (Malaysian Ringgit)

यु.ए.इ दिराम (UAE Dirham)

कोरियन वन (South Korean Won)

चिनिया युआन  (Chinese Yuan)

कुबेती दिनार  (Kuwaity Dinar)

बहराइन दिनार (Bahrain Dinar)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]