
बैंकिङ खबर । सेयर बजारमा आज ३ अर्ब माथिको कारोबार भएको छ । यसअघि हिजो बुधबार सेयर बजारमा बैंकिङ सूचकले उछाल ल्याएको थियो । नेप्से सूचक १.७८ अंकले घटेर १६४५.६७ विन्दुमा अडिएको छ । आज १९२ कम्पनीको ३ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा १ करोड कित्ताभन्दा बढी सेयर खरिदबिक्री भए । बाणिज्य बैंक, होटल, विकास बैंक, फाइनान्स, उत्पादनमूलक र म्युचुअल फण्ड समूह घटेको छ भने बीमा, लघुवित्त बढेका छन्।
