बैंकिङ खबर । दशैंपछिको पहिलो दिन सेयरबजारमा उछाल आएको छ । आज कारोबार सुरु भएदेखि उकालो लागेको बजारको नेप्से परिसूचकमा ४१ दशमलव २० अंकको बृद्धि देखिएको छ।१६१२.५१ विन्दुबाट खुलेको बजार निरन्तर उकालो लाग्दा बैंकिङ समूह एकैदिन ४.२७ प्रतिशतले बढेर १ हजार ३ सय ४७ दशमलब २३ अंकमा पुगेको छ भने अन्य उपसूचकमा भने सामान्य वृद्धि देखिएको छ । आज बजारमा सूचीकृत १ सय ६७ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १ सय ३२ वटा कम्पनीको सेयरमूल्य बढेको छ । आज २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक पनि ९ दशमलव २१ अंकले बढेर ३ सय २७ दशमलव ७६ अंकमा पुगेको छ।
