Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर लगानीमा सर्वसाधारणको आकर्षण बढ्दो

२०७७ कार्तिक १२ गते

पछिल्लो समय दोस्रो बजारमा भन्दा पनि पुँजी बजारको प्राथमिक शेयरमा लगानी गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढेको पाइन्छ । विभिन्न कम्पनिले सर्वसाधारणका लागि छुट्याएको प्राथमिक शेयरमा नै सर्वसाधारण लगानीकर्ताको बढी आकर्षण देखिएको छ । कुनै नयाँ कम्पनिको शेयर खुल्नासाथ ठूलो संख्यामा आवेदनको माग हुने गरेको छ । शेयर बजारमा लगानी गर्नेको संख्या बढ्दो क्रममा रहेको छ । खासगरी सर्वसाधारण लगानीकर्ताहरु बैँक, लघुवित्त कम्पनि तथा जलविद्युत् कम्पनिहरुमा लगानी गर्न आकर्षित भइरहेको पाइन्छ । यसरी शेयर बजारमा सर्वसाधारण लगानीकर्ताका आकर्षण बढ्नुका विभिन्न कारणहरु हुन सक्छन् । 

बैँकमा राखेको बचतको व्याजदर कम पाइने हुन्छ । त्यसमाथि व्याजको ठेगान पनि नहुने र व्याजदर पनि कम पाइने भएकाले छिटै धेरै कमाइ हुने आशामा शेयर बजारमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढेको हो ।

पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुले प्राथमिक शेयर अर्थात् आईपीओ र सेकेन्डरी मार्कट अर्थात् नेपाल स्टक एक्सचेन्जमार्फत् लगानी गर्न सक्छन् । दोस्रो बजारमा लगानी गर्दा लगानीकर्ताहरुलाई जोखिम पर्न सक्छ । आईपीओमा लगानी गर्दा भने त्यो जोखिम रहँदैन । यस काराणले पनि साना तथा नयाँ लगानीकर्ताको आकर्षण प्राथमिक शेयरमा बढेको हो । 

विगतमा बैँकहरु शेयरमा मात्र बढी आकर्षण रहने गरेकोमा पछिल्लो समय जलविद्युत् कम्पनिहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । नेपालमा जलविद्युत् विकासको प्रशस्त सम्भावना भएको र जलविद्युत आयोजना विकासका लागि प्रशस्त लगानी पनि लाग्ने भएकाले सर्वसाधारणको आकर्षण त्यसतर्फ बढेको हो । 

त्यस्तै, पछिल्लो समय नेप्से व्यवस्थित बन्दै गइरहेको छ । डिम्याट शेयर, मार्केट डेप्थ जस्ता प्राविधिक परिमार्जनले पनि शेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढाइरहेको छ । आफूले लगानी गरेको कम्पनिको वास्तविक अवस्था बुझ्न कार्यालयमै जानुनपर्ने, घरमै बसीबसी इन्टरनेटमा हेर्न सकिने लगायतका सुविधाहरुले पनि शेयरमा लगानी गर्ने सर्वसाधारणको संख्यामा वृद्धि आएको हो ।

शेयर बजारमा मुलुकको आर्थिक, राजनीतिक र सामाजिक अवस्था, नयाँ नीति तथा नियमहरु लगायतले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । मुलुकको अवस्था राम्रो हुँदा लगानीकर्ताको मनोबल बढ्ने र मुलुकको अवस्था विग्रिँदा लगानीकर्ताको मनोबल घट्ने हुन्छ । पछिल्लो समय मुलुकको अवस्था कोरोनाले बिगारेपनि हाल शेयर बजार भने सुध्रिँदै गइरहेको छ । एकपछि अर्को गर्दै नेप्सेले नयाँ नयाँ रेकर्डहरु बनाइरहेको छ ।

Ad