समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन !

बैंकिङ खबर । समृद्धि फाइनान्स लिमिटेडले हकपंद सेयर बिक्री खुल्ला छ । कम्पनीले असोज १६ गते शुक्रबारबाट बिक्रीका लागि खुल्ला गरेको हकप्रद शेयर आवेदन खिने आज अन्तिम दिन हो ।  कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि भदौ १२ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । त्यसैले सो भन्दा अघिल्लो दिनसम्म कायम साविक शेयरधनीहरुले १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयरको अनुपातमा प्रतिशेयर १ सयको अंकित दरमा उक्त शेयरमा कार्तिक ६ गते सम्म आवेदन दिन सक्नेछन् । उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले कात्तिक ६ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।


सोसिअल मेडिया