October 21st, 2020

राष्ट्र बैंकद्धारा आर्थिक तथा वित्तीय रिपोर्ट सार्वजनिक (पूर्ण विवरणसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले हालको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गरेको छ । समिक्षा अवधिमा रेमिट्यान्स बढेको छ । बार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.५२ प्रतिशत छ ।
 आयात २२.१ प्रतिशतले घटेको छ भने निर्यात १०.५ प्रतिशतले बढेको छ ।
 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.१ प्रतिशतले र अमेरिकी डलरमा २.६ प्रतिशतले बढेको छ ।
 शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा छ ।
 कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २० करोड अमेरिकी डलर रहेको छ ।
 संघीय सरकारको खर्च रु.५३ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१०५ अर्ब ३७ करोड करोड छ ।
 विस्तृत मुद्राप्रदाय ०.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको छ ।
 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जाप्रवाह विस्तार हुन सकेको छैन । वार्षिक विन्दुगत
आधारमा भनेनिक्षेपको वृद्धिदर १८.७ प्रतिशत र निजीक्षेत्र माथिको दावीको वृद्धिदर १०.३ प्रतिशत छ ।

nrb report aaa

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]