October 21st, 2020

दोहोरो अंकले बढयो नेप्से, एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार !

बैंकिङ खबर । आज (बुधबार) शेयर बजारले उकालो यात्रा तय गरेको छ । बुधबार शेयर बजार दोहोरो अंकले बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १३.९४ अंकले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।  नेप्से ०.८८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.१० अंकले बढेर ३१६.६५ मा पुगेको छ । कूल १९२ वटा कम्पनीको ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १ सय ४८ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर मात्र बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ। आज कारोबार रकमको आधारमा एनआइसी एशिया बैंकले सर्वाधिक कारोबार गर्न सफल भएको छ । बैंकले २४ करोड २९ लाख ५७ हजार ८ सय ७ रुपैयाँ बराबरको गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]