October 21st, 2020

आँधिखोला लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डोलराज केसीको निरन्तरता

बैंकिङ खबर । आँधिखोला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा डोलराज केसी पुन :नियुक्ति भएका छन् । लघुवित्तको संचालक समितिको वैठकले दोश्रो कार्यकालको लागि पुन: नियुक्ति गरेको हो । संस्थाको केन्द्रिय कार्यालयमा कार्यरत नायव कार्यकारी प्रमुख लगाएत विभागिय प्रमुखहरुको समेत सहभागिता रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष नरेश केसीले नियुक्ती पत्र हस्तान्त्रण गरेका हुन् ।अध्यक्ष नरेश केसीले संस्थागत हित अभिवृद्धिमा लाग्नका लागि निर्देशन दिदै आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्त मर्ज पश्चात वन्ने संस्थाको समेत सिईओ जिम्मेवारी डोलराज केसी नै दिने जानकारी दिए । केसी वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका व्याति हुन् । आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्त संस्था मर्जरको लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त सहमतीपत्रमा धौलागिरीको अध्यक्ष र आँधिखोलाको सिईओ रहने गरी संझौता भएको अधिकृत केसीले वताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]