October 18th, 2020

एनआईसी एशिया बैंकका विरुद्ध राष्ट्र बैंकमा उजुरीका चाङहरु !

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकबाट इजातजप्राप्त गरेको बैंक । त्यो पनि क बर्गको वाणिज्य स्तरको बैंक । पछिल्लो समय आक्रामक बन्दै गरेको एउटा बैंकको भित्रि कथा अपत्यारीलो र विश्वासै गर्न नसकिने देखिएको छ । एनआईसी एशिया बैंक जसले ग्राहकको खाताबाट पैसै निकाल्ने, मिटर व्याजमा पैसा लगाउने तथा ग्राहकको खाताबाट विभिन्न शिर्षकमा पैसा काट्ने गरेका दर्जनौ प्रमाणहरु ग्राहकले बैंकिङ खबरलाई पठाउन थालेका छन् । उक्त बैंकले ग्राहकको पैसा झिकेको समाचार बैंकिङ खबरमा प्रकाशित भएपछि एनआईसी एशिया बैंकले दिएको पीडा ओकल्न बैंकिङ खबरको कार्यालयमा सो बैंकका ग्राहककले दिनहुँ टेलीफोनबाट समस्याहरु राख्ने गरेका छन् । कुनै पनि बैंकले ग्राहकले राखेको पैसा बैंक आफैले झिक्छ भन्दा कसैलाई पत्यार लाग्ने विषय होइन । नेपाल सरकार अन्तरगतको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सबैभन्दा माथिल्लो तहको बैंकले नै यस्तो हर्कत गरेपछि उक्त बैंकमा खाता खोलेका र पैसा राखेका हजारौं ग्राहकले फेसबुक र भाइबर मार्फत एनआईसी एशिया बैंकले दुख दिएको बताएका छन् ।

बैंकमा रकम जम्मा गर्दा रकमको सुरक्षा हुने, वित्तीय कारोबारले अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने तथा एकजना ग्राहकले राखेको पैसा अर्को ग्राहकले निकालेर उद्यमशीलता गर्ने भएका कारण बैंक वित्तलाई आधिकारीक पैसाको कारोबार गर्ने जिम्मा लगाइएको हुन्छ । तथापी एनआईसी एशिया बैंकले पैसा राखेका ग्राहककै खाताबाट रकम निकालेर ग्राहकलाई दिनसम्म दुख दिएको छ । बैंक खाताबाटै ग्राहकलाई थाहै नदिएर बैंक आफैले रकम निकालेको छ । बैंक खाताबाट रकम हराएपछि खोजि गर्दै जाँदा रकम बैंक आफैले निकालेको भेटिएपछि एक ग्राहक हैरानी बनेका छन् । जसले आफ्नो रकम पाउनका लागि नेपाल राष्ट्र बैंकमा उजुरी गरेका छन् ।

दुईसातामा १३ हजार ग्राहकले खाता बन्द गरे
पछिल्लो समयमा एनआईसी एशिया बैंकबाट रकम झिक्ने र खाता बन्द गर्नेहरुको संख्या बढेको छ । कतिपयले बैंकसँगको लफाडा भोग्न र उजुरी हाल्न भन्दा खाता नै बन्द गर्ने सजिलो बाटो अपनाएका छन् । पछिल्लो दुईसातामा देशभरिका विभिन्न शाखाबाट गरि करिव १३ हजार ग्राहकले खाता बन्द गरेका छन् । एनआईसी एशिया बैंकले ग्राहकको रकम झिकेको समाचार आएपछि एनआईसी एशिया बैंकका ग्राहकहरु हच्किएका छन् । एनआईसी एशिया बैंकका बिरुद्ध धेरै सुचनाहरु आएपछि र बैंकले रकम नै गायब बनाएको भन्दै ग्राहकले पीडा व्यक्त गरेपछि बैंकिङ खबरले नेपाल राष्ट्र बैंकमा एनआईसी एशिया बैंकका विषयमा जानकारी लिने जमर्को गर्यो । नेपाल राष्ट्र बैंकमा हालसम्म उक्त बैंकका बिरुद्ध करिव ३ सय उजुरी परेका छन् । हरेक दिनजसो एनआईसी एशिया बैंकका बिरुद्ध मुद्धाहरु पर्न थालेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई सुछ््म निगरानीमा राखेको छ । यसअघि पनि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि पटक पटक कार्बही गरिसकेको छ । तर अहिले भने अत्याधिक उजुरीहरु ब्ढेको राष्ट्र बेंक स्रोतले जनाएको छ । कुनै पनि बैंकबाट ग्राहकले ठगिएको महसूस गरेमा केन्द्रीय बैंकमा उजुरी गर्न सक्छ । सोही अनुसार नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा पनि केही उजुरीहरु विभिन्न बैंकवित्तका विरुद्ध पर्ने गरेका छन् । पछिल्लो समय राष्ट्र बैंकमा आएका अधिकाँस उजुरी एनआईसी एशिया बैंकका विरुद्धमा छन् ।

अधिकाँस उजुरीमो ठगी गरेको आरोप
राष्ट्र बैंक स्रोत अनुसार एनआईसी एशिया बैंकले महंगो व्याज लिने गरेको, ग्राहकको खाताबाट रकम भिक्ने गरेको, राष्ट्र बैंकले तोकअनुसार कर्जाको व्याज भुक्तानीको समय नदिएको, व्याज भुक्तानीको समय माग गर्दा उल्टै द्धरजग्गा बैंकलेकव्जा गरेको, पुनरकर्जा नदिएको, विभिन्न विषयमा शुन्क र जरीवाना भन्दै खाताबाट रकम काटीएको, निशुल्क दिनुपर्ने सेवामा समेत शुल्क लिने गरेको जस्ता विषयमा उजरीहरु परेका छन् ।  राष्ट्र बैंकमा पुग्दा त्यहाँ भेटिएका एकजना उद्योगी आक्रोशित अबस्थामा थिए । नौ पतिशत व्याजमा कर्जा लिएको र अहिले १७ प्रतिशत व्याज बनाएपछि एनआईसी एशीया बैंकका बिरुद्ध राष्ट्र बैंक आएको उनले बताए । एनआईसी एशिया बैंकले संस्थागत रुपमा ठगी गरेको उनले आरोप लगाए । उक्त बैंकबाट ठगीएको भन्दै केही व्यबसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघकै तर्फबाट एनआईसी एशिया बैंकबिरुद्ध सर्बोच्च जाने तयारी गरेको पनि ती व्यबसायीले उल्लेख गरेका छन् । हामीले यी विषयमा बुझ्नका लागि एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई पटक पटक सम्पर्क गर्दा उनीसँग भने सम्पर्क हुन सकेन ।

यो पनि पढ्नुहोस्

एनआईसी एशिया बैंकले ग्राहकको खाताबाट पैसा निकाल्यो

दुईमहिना व्याज नतिर्दा एनआईसी एशिया बैंकले घर कव्जा गर्यो !

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]