October 11th, 2020

आरएसडिसी लघुवित्तद्वारा १२.६३ प्रतिशत लाभांश धोषणा

बैंकिङ खबर । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई १२.६३ प्रतिशत लाभांश धोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाको असोज २४ गते बसेको संचालक समितिको बैंकले शेयर धनीलाई बोनस वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले बोनस शेयर ६ करोड ४ लाख ३७ हजार ४५ रुपिँया अर्थात ९ प्रतिशत बोनस र नगद लाभांस २ करोड ४३ लाख ८६ हजार ८ सय ७८ रुपिया ३ दशमलव ३६ प्रतिशत वितरण गर्ने जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ७६ करोड १५ लाख २२ हजार ७ सय २२ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]