Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर कारोबार विद्युतीय माध्यमबाट गर्न स्टक बोकर्स एशोसिएशनको आग्रह !

२०७७ आश्विन २३ गते

बैंकिङ खबर । स्टक बोकर्स एशोसिएशन अफ नेपालले कोभिड–१९ को बढदो संक्रमणलाई मध्यनजर गर्दै शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न गराउन आग्रह गरेको छ । स्टक ब्रोकर्सले आज (शुक्रवार) विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो ।सो विज्ञप्तिमा ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरुमा समेत उच्च जोखिममा रहेको जनाएको छ ।ग्राहकको भिडका कारण कतिपय ब्रोकर कम्पनीहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणसमेत देखिसकेको भन्दै विज्ञप्तिमा हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाटनै गर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ ।साथै विद्यमान अवस्थामा कोरोना संक्रमणलाई ध्यानमा राख्दै लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट कारोबार गर्न पनि बोकर्स एशोसिएशनले आग्रह गरेको छ ।