October 6th, 2020

स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार असोज २५ देखि

बैंकिङ खबर । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाले आगामी असोज २५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । दुवै कम्पनीको साउन १० गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति समेत दिइसकेका छन् । २५ गतेदेखि स्वरोजगार लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुने जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]