विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

बैंकिङ खबर । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । दुई कम्पनी बीच सोमवार एक्विजिसन सम्बन्धी सहमतिमा हस्ताक्षर समेत भइसकेको छ ।
विजय लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ भने खप्तड लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ।
राष्ट्र बैंकले लघुवित्तहरुलाई पूँजी वृद्धि गर्न जोड दिएसँगै लघुवित्त कम्पनीहरु एक आपसमा मर्जर तथा एक्विजिशनमा जुटेका हुन् ।


सोसिअल मेडिया