
बैंकिङ खबर । काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गल्छी धादिंगमा आवद्ध सदस्य गजुरी गांउपालिका वडा नं. ६ स्थित गलौदी म.स. की सदस्य स्व.पुलतीमाया घलेको मृत्यु पश्चात ग्रामीण लघुजीवन बीमाबाट प्राप्त रकम रु.१९५,०००। एक लाख पन्चानब्बे हजार मात्र गल्छी शाखाका प्रमुख बीर बहादुर लामा (तामाङ) समुहका प्रमुख सबिता बस्नेत तथा सदस्यहरुको उपस्थितीमा एक कार्यक्रमका बिच निजको श्रीमान् दलबहादुर श्रेष्ठलाई प्रदान गरिएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेश र देशको ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९१ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमाबसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारकामहिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो कर्जा लगानीगर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै तालिम लिएका सदस्यहरुलाई आवश्यकता अनुसार लगानी समेत गर्दै आई रहेको छ ।
संस्थाले २०७७ भाद्र मसान्तसम्ममा ३ लाख ७३ हजार ९४६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७७ भाद्र मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १९ अरब ८४ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १३ अरब ५५ करोड बचत परिचालन गरेको छ ।