आदरणीय दाजु ( बिप्लब ) नमस्कार
आराम रही आरामै हुनु होला भन्ने आशामा छु । थाहा छैन मैले पठाएको चिठि तपाई समक्ष पुग्यो या पुगेन तर मलाई आशा छ म बिश्वास गरेको छु पक्कै पनि मेरो पत्र तपाई समक्ष पुगेर म लगाएत सबै नेपाली बा, आमा, दिदी, बहिनी, दाजु ,भाई, भान्जा, भान्जी, ज्वाई, जेठान, छोरा, नाती, नातिनी, फुपु, फुपाजु कुशलैत छन् तर कोभिड १९ को आतंकले प्रताडित बनिरहेका रहेछन् भन्ने सम्मको जानकारी प्राप्त गरी केहि हद सम्म ढुक्क हुनुभएको होला बरु अहिले सम्म वा आजको दिन सम्म म लगाएत सबैले दाजुको हाल खबर नपाउदाचै भने चिन्तित बनेका छौ ।
दाजु एक गरीब परिवार र सोहि बातावरणमा जन्मिएर हुर्किएको र म पनि तेस्तै परिबार र तेस्तै बाताबरणमा जन्मिएर हुर्किएको हुनाले दाजुको र मेरो धेरै कथा, ब्यथा, मर्म, भाबना मेल खान्छ रत हरेक पटक यहालाई दाजुले सम्बोधन गरेको छु । उसोत नेपाली रगतको नाताले पनि त हामी दाजु भाई नै पर्छौनी अनि के तपाई भेलुपिल्ला प्रभाकरण होर, तपाई अबु मुसाब अल बार्नावी पनित होईननी, अनि जमाल अहमेदमोहम्मद अल बदावी होर, जैनाल एन्टेल साली पनि होईन, अनि रमादान अब्दुल्लाह मोहम्मद शल्लाह पनि त होईन, अनि एबिडि अल अजिज वाडा होर, अनि अबु बकर अब बग्दादी पनित होईन,अनि जोसेफ कोनी होर, अनि प्लान लाजो पनि हेईन अनि ओस्मा वीन लादेन पनित होईननी अब दाजु तपाईनै भन्नुहोस तपाईको नाता यि माथिकासंग गासिन सक्छत रु अनि मेरो नाता यि माथिका ब्यक्तिसंग गासिन सक्छत रु हो अनि दाजुले मलाई र मैले दाजुलाई माया, संरक्षण नगरेर यि माथिका ब्यक्तिले गर्छन्तरु तपाई र मेरो भाबनात्मक सम्बन्ध यि माथिका ब्यक्तिसंग कहिल्यै हुन सक्छत रु तैसैले तपाई र म एक शुद्ध नेपाली हिसाबबाट, गरीब परिवारको हिसाबबाट, ग्रामिण बस्तीको बाताबरणमा जन्मिएको, हुर्किएको ,रमाएको र निमुखा, बेसाहार बर्गको समस्या समाधान गर्ने जस्ता कारणले हामी दुई दाजु भाई हौ भन्ने बुझाउन माथिका ब्यक्तिहरुको नाम उल्लेख गरेको हुं ।
हुनत दाजु म एक बिशुद्ध पेशाकर्मी हुँ । मलाई राजनीति उतिसाह्रो गर्न आउँदैन पनि । तेसैले होला दाजुको राजनीति मैलै बुझेको छैन । बुझ्ने प्रयास पनि गरेको छैन । मात्र यति बुझेको छु कि जुनसुकै नामको पार्टि र त्यसको सरकार आएपनि आखिर हामि जस्ता गरिब, शोसित र निमुखा बर्गले पाउने भनेको केहि हुँदैनरैछ । केवल साहु, महाजन र दलालीकै हाली मुहाली हुँदो रहेछ भन्ने कुरा हिजोको ईतिहासदेखि आज सम्मको अबस्था हेर्दा प्रष्टै भा को छ । त्यसैले पनि हामी जस्ताले राजनीतिमा चासो नराखीएको होला । जस्तो हिजोको जहानिया राणा शासनकालदेखि शाहा बंशहरुको शासन, पंचायति ब्यबस्थामा संचालित शासन, प्रजातन्त्र तथा लोकतान्त्रिक गणतन्त्र सम्म आउदा के चै फरक भाको छर केबल नाम बाहेक । पहुंच र पाउरको भरमा बलत्कारी, घुसखोरी, तस्करी, नाफाखोरी र भु माफियाहरु हिजो पनि जोगिएकै थिए आज पनि जोगिएकै छन् भने पहुंच र पाउर नभएकाहरु लेखैकै आधारमा, बोलेकै आधारमा, शान्तीपुर्ण बिरोध गरेकै आधारमा प्राशासनको ज्यादतिमा परेकै छन् । कोहि जेल परेर, कोहि पानीको फोहोरा खाएर, कोहि अश्रुग्यास खाएर, कोहि कटबांसको छडि खाएर, बलत्कार भएको निबेदन सम्म दिन पाका छैनन्, मेरो जग्गा खोसियो, मिचियो भन्न सम्म पाका छैनन्,कालोबजारी भयो भन्न सम्म पाका छैनन्, घुस खायो भन्न सम्म पाका छैनन् अनि यि बर्ग हिजोनि यस्तै यस्तैमा प्रताडित थिए र आज पनि ।
मलाईत त मात्र बिहान बेलुका आरामसँग खान पाईयोस, निर्धक्कसंगले बिना डर भर हिड् डुल गर्न पाईयोस, मेरो निजि सम्पत्तिको सुरक्षाको प्रत्याभुति होस, सान्ती सुरक्षाको अनुभुति होस, नियमानुसार गरिने पेशा ब्यबशायमा कोहि कसैबाट अबरोध नहोस यति भएमा राजनैतिक दल र तिनको शासन जुनसुकै होस मलाई केहि फरक पर्दैन । सायद मेरो जस्तै सामान्य आकाँक्षा नै धेरैको हुनुपछृ । हुनत सरकार संचालन गर्ने दल र तिनको निति नियमसंग हजुर हजुरको दलको बिमति होला, बिभेद होला, मतभिन्नता होला, केबल नेपाल सरकारसंग छ तर नेपाल सरकारसंगको बिमति म जस्तो गरिबसंग पोखेर तपाईको राजनितिक उदेश्य पुरा हुन्छ र हजुर ? म पेशाले एक लघुवित्त कर्मी हुं । मेरो पेशा प्रति मलाई निकै गौरव लाग्छ, किनकी कुनै न कुनै माध्यामबाट भएपनि नेपाल भित्रका गरिब परिवारलाईनै सेवा दिएकोमा । तर घरी घरी दुःख लाग्छ यस्तो पबित्र काम गर्दै गर्दा दाजुका कार्यकर्ताबाट हप्काई, थर्काई र भनाई सुन्नु पर्दा । मुसाको छोरी मुसालाईनै भनेजस्तै दाजु गरिबको समस्या बुझ्ने, हेर बिचार गर्ने, राय सल्लाह, सुझाब दिने र सहयोग गर्ने भनेको गरिबलेनै हो पहिलो यो कुरा बुझन जरुरी छ । म यो पेशामा लागे किनकी कार्यालय जादा चप्पल लाएर जान पाईनि, लाएको कपडा हिलो, धुलोले कलरै परिबर्तन गरिदिदानि केहि फरक नपर्नि, कपडा, कपाल पसिनाले निथ्रुक्क भएर ठ्वासठ्वास्ती गन्हाउँदा पनि केहि फरक नपर्नि, कपडा च्यतिएर प्वाल पर्दानि केहि फरक नपर्नि यस्तोमा मलाई असजिलो पटक्कै हुँदैन किनभने मेरो ग्राहक सबै चप्पल मात्र लगाउने, धुलाम्मे, हिलाम्मे भएर अउने, कपडा च्यातिएका, टालो हालेका, मैला, पसिनाले निथ्रुक्क भिजेका, नजिक पर्दा पसिना गन्हाएका मात्र छन् । तिनका संगतले म पनि तेस्तै भएको छु । यसैमा आनन्द लाग्न थालेको छ । यदि सम्पन्न परिवारको छोरो भएको भए दाजु आखाँमा धुलो पर्लाकी, घाममा हेर्दा आंखा बिग्रेलाकी भनेर रेमन्डको कालो चस्मा लगाएर, कपालमा जेल हालेर, शरीरभरी सेन्ट हालेर गर्लफ्रेन्ड सहित बुलेट बाईकमा हुईकिन्थे होलानि वा मरसिडिज गाडीमा सयर गर्थेँ होला । हप्ताको चार दिन बिदेश कहिले सिंगापुर, कहिले पेरिस, कहिले लन्डन त कहिले जर्मन आफ्नै निजि प्लेनमा घुम्थेँ होला ।
अनि यस प्रकारका ब्यक्तिहरु यो लघुवित्त पेशामा आउन सक्छन् एकछिन कल्पना गर्नु त दाजु । अनि म गरिबको छोरो नभएर के हो त अनि मलाई र मेरो सहकर्मीलाई हप्काएर, थर्काएर दाजुको राजनितिले ठुलै परिबर्तन हुन्छ भन्ने सोच्नु भएको छ। यदि यस्तो सोच छ भने यो भ्रम हो दाजु ।
बित्तिय संस्थाहरु नियमनकारी निकायको निति, नियम र निर्देशन भित्र रहेर काम गरेका हुन्छन् । यिनिहरुको उदेश्यनै गरिबिका रेखामुनि रहेका परिवारहरुलाई बित्तिय सेवा प्रदान गरी आर्थिक जीबनस्थर उकास्ने हो भने कसरी गरिब सोस्न सक्छर । सबै गरिब जनताहरुले आर्थिक कारोवार गर्ने भनेकोनै लघुवित्त संस्थामा हो ठुला बाणिज्य बैंकहरुसंग कारोवार गर्ने सामर्थ यि बर्गका जनताहरुको हुनै सक्दैन । अब कल्पना गर्नु यदि गाउ गाउमा लघुवित्त संस्था नगएको भए यस्ता परिवारहरुको वित्तिय कारोवार संचालन कसरी हुन्छ रु गांउ भित्रका सिमित साहु, महाजनहरुले मिटर ब्याज मार्फत जुकाले रगत चुसेको जसरी चुसेका गरिबहरुलाई साहु, महाजनहरुका पन्जाबाट बाहिर ल्याई बिशुद्ध वित्तीय सेवा दिने लघुवित्त संस्था तपाईको र तपाईको दलको नजरमा कसरी खराब भयो मैले बुझ्न सकिन । लघुवित्त संस्थाहरुले लिने ब्याज नियमनकारी निकायले निर्देशित गरेको भन्दा बढी हुन पाउने छैन बर्तमान अबस्थामा पन्ध्र प्रतिशत व्याज लिने नियम छ । भोलिका दिनमा अझै घटाएर दश प्रतिशत भन्दा बढि हुन हुदैन भनेमा त्यसैमा रहेर लघुवित्त संस्थाहरुले वित्तिय सेवा दिनु पर्छ । भलै सबै संस्था रहलान वा नरहलान । टिक्न सक्लान या नसक्लान, कर्मचारीको तलब बढ्ला या नबढ्ला, लगानि कर्तालाई प्रतिफल दिन सक्लान या नसक्लान तर पनि गरिब परिवारलाई वित्तिय सेवा भने अबश्य दिन्छन । त्यैसेले सबै राजनैतिक दल र सकै कार्यकर्ताहरुले बास्तबिकता बुझ्ने कोशिस गरौ खेतमा सिंचाई हुने पानीको मुहान थुनियो भने पानीलाई केहि समस्या हुदैन भलै अर्को बाटो लिन्छ तर तर खेतको धानको उन्नति हुदैन बरु धमिरा लागेर धानै मर्छ त्यसैले पानीको रिस गरेर धान मार्ने काम कोहि कसैले नगरम मेरो यहि आग्रह छ । अर्को तिर बैंक तथा वित्तिय संस्थाहरु त्यसमा पनि लघुवित्तलाई हेर्ने दृष्टिकोणमा किन भ्रम भयो दाजु लगाएत यहांको दलसंग आबद्ध साथिभाईहरुलाई लघुवित्त संस्था कस्तो हो, कसरी काम गर्छ र कस्ता बर्गसंग कारोवार गर्छ भनेर तपशिल बमोजिम प्रष्ट पार्ने कोशिष गरेको छु, आशा छ यसको अध्ययन पछाडी यहांहरु सबैको लघुवित्त प्रतिको झुटा भ्रम समाप्त हुनेछन् र यस्ता संस्थाहरु र कर्मचारीहरुलाई थप हौसला दिनुहुनेछ ।
उहि तपाईको भाई
गरिब परिवारको छोरो
अर्जुन पोखरेल, लघुवित्तकर्मी ।