Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

धौलागिरी लघुवित्तका निमित्त सीईओ निलम्बनमा

२०७७ आश्विन १५ गते

बैंकिङ खबर ।  बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरि लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी निलम्बनमा परेका छन् । उनलाई कर्मचारीलाई अनावश्यक दवाव दिएर जागिर छाड्न बाध्य बनाएको आरोपमा संस्थाको सञ्चालक समितिले निलम्वन गरेको हो ।
आफूलाई बिना कारण राजिनामा दिन दवाव दिइएको भन्दै संस्थामा कार्यरत एक म्यानेजरले सञ्चालक समितिमा उजुरी दिएपछि समितिले उनलाई निलम्वन गर्न बाध्य भएको हो। यस उजुरीको बोद्धार्थ राष्ट्र बैंकमा समेत पुगेको बताइएको छ । उनलाई संस्थाको सञ्चालक समितिले २०७६ मंसिर २५ गतेबाट लागु हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतमा पदमा नियुक्त गरेको थियो ।

Ad