Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

बैंक क्रेडिट ग्रोथ के हो ? यसको गिरावटले बैंकमा कस्तो असर पार्छ ?

admin २०७७ आश्विन १५ गते
सेयर:

बैंकिङ खबर । क्रेडिट ग्रोथ : क्रेडिट ग्रोथ भनेको कम्पनीहरू, व्यापारी वा व्यक्तिलाई बैंकले दिने ऋण हो । जब औद्योगिक सुधारहरु हुन्छन् तब क्रेडिट ग्रोथ बढ्दछ । नागरीकले बैंकबाट जति कर्जा लिन्छन् उति नै क्रेडिट ग्रोथ बढ्छ ।

किन घट्दैछ बैंक क्रेडिट ग्रोथ ?
लोन लिने ग्रोथ रेटमा गिरावट मुख्यतया सेवा क्षेत्रका कारणले आएको हो । यस क्षेत्रमा लोन लिने ग्रोथ रेटमा ठूलो गिरावट आएको छ । जनवरी २०२० मा सेवा क्षेत्रमा लोनको ग्रोथ रेट ८.९ प्रतिशत रह्यो । जुन जनवरी २०१९ मा २३.९ प्रतिशत थियो । त्यस्तै गैर बैंकिङ वित्तीय कम्पनीहरू (एनबीएफसी) मा बैंक लोन ग्रोथ वृद्धि दर घटेर ३२.२ प्रतिशतमा झरेको छ जुन एक वर्ष अघिको सोहि अवधिमा ४८.३ प्रतिशत थियो ।

बैंक क्रेडिट ग्रोथ गिरावटले बैंकमा कस्तो असर पार्छ ?
बैंकको आय भनेको नै लोन हो । त्यस्तो अवस्थामा यदि मानिसहरूले लोन लिदैनन् भने बैंकको आम्दानी स्वत घट्छ । यस बाहेक, बैंकले निक्षेपमा ब्याज पनि तिर्नु पर्दछ जुन लोनको ब्याजबाट मात्र आउँछ, यसरी जब बैंकमा पैसा आउँदैन, तब उनीहरूले बचत योजनाहरूमा पाइने ब्याजमा कटौती गर्दछन् ।

यसले अर्थव्यवस्थामा कस्तो असर पार्छ ?
अर्थव्यवस्था जहिले पनि पैसाको रोटेसनमा निर्भर हुन्छ । पैसाको रोटेसनम जति उच्च हुन्छ देशको अर्थतन्त्र त्यति नै राम्रो हुन्छ । तर कोरोनाका कारण, मानिसहरूले आफ्नो खर्च घटाएका छन् । व्यक्तिहरू हाल घर वा अन्य ठूला चीजहरू खरिद ऋण लिनबाट जोगिरहेका छन् । यसले पैसाको रोटेसनमा प्रतिकूल असर गरेको छ जुन अर्थव्यवस्थाको लागि राम्रो होइन ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।