Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भुकम्प प्रभावित क्षेत्रमा विशेष लगानी गर्दै कृषि विकास बैँक

२०७२ माघ १९ गते

krisi bank‘क’ वर्गको वित्तीय सस्था कृषि विकास बैंकले भूकम्प प्रभावित १४ जिल्लामा कृषिको व्यवसायिकरण र यान्त्रिकीकरण गर्न विशेष लगानी गर्ने भएको छ । ती जिल्लामा कति लगानी गर्ने भन्ने आन्तरीक कार्य्विधि बनिरहेको बैंकले जनाएको छ । सो बैँकको अधिकृत पुँजी रु १३ अर्ब र जारी पुँजी रु ९ अर्ब ८६ करोड ०८ लाख रहेको छ । बैंकको ४९आँै वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा हालसम्म रु ६ खर्ब १७ अर्ब ३८ करोड ५४ लाख लगानी भएको जानकारी दिइयो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कृषिको व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने सरकारको नीति रहेको हुँदा यस क्षेत्रमा लगानी वृद्धि गर्न बैंकलाई आग्रह गरे । उनले भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रलाई नकारात्मक दिशामा जान नदिन सरकार सचेत रहेको बताउँदै यसका लागि बैंकले पनि थप वित्तीय सुशासन कायम गर्न जोड दिए ।  परम्परागत कार्यशैलीले आधुनिक र प्रतिस्पर्धी रुपमा बैंक उत्रिन नसक्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने “सेवाग्राही र सूचना प्रविधि मैत्री कृषि विकास बंैकलाई बनाउनुपर्छ ।” बैंकको वित्तीय प्रगतिमा नै बैंकमा कार्यरत कर्मचारीको हित हुने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चीरञ्जीवि नेपालले दिगो र उच्च आर्थिक वृद्धिका लागि प्रतिस्पर्धी लागतमा कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमा थप वित्तीय साधन प्रवाह गर्नुपर्ने बताए । उनले ग्रामीण व्यवसायी तथा कृषकको आवश्यकतामा बैँकले पु¥याएको सेवा महत्वपूर्ण रहेको बताए ।

विभिन्न चुनौतीका बिच बैँकको ४८ वर्ष
विसं २०२४ माघ ७ गते स्थापना भएको सो बैंक २०६२ साल असार १३ गते कम्पनीमा रुपान्तरण भएको थियो । दुईलाख साधारण सेयरधनी रहेको बैंकको ग्राहक सङ्ख्या करिब १० लाख पुगेको छ । विनासकारी भूकम्प तथा जारी मधेस आन्दोलनका कारण आफ्नो कारोबारमा लक्ष्य अनुसार प्रगतिमा चुनौती रहेको बंैकले जनाएको छ । आम्दानीको बढी हिस्सा कर्जाको ब्याज हुनु, गैरकोषमा आधारित आम्दानी कम हुनु, निस्क्रिय कर्जा बढ्दै जानु, लागत निरन्तर वृद्धि हँुदै जानु बैंकको आन्तरिक चुनौती हुन् ।

गतवर्ष ७ प्रतिशत बोनस सेयर वितरण गरेको कम्पनीले आफ्ना सेयरधनीलाई यस आवमा समेत सक्दो बढी प्रतिफल दिने जनाएको छ । यसका लागि बंैकले बाह्य लेखा परीक्षण कार्य अन्तिमचरणमा पुगेको जानकारी दिएको छ । बैंकले आफ्नो पाँचवर्षे व्यावसायिक योजनाअन्तर्गत विशेष राहत कार्यक्रम, व्यावसायिक कृषि कार्यक्रम, न्युन लागतको निक्षेप परिचालन, सञ्चालन खर्चमा न्यूनीकरण, बैंक सेवाको विस्तार जस्ता क्षेत्रमा प्राथमिकता दिएको छ ।

बंैकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले अगामी दिनमा सरकारको प्राथमिकता र विपन्न वर्गलाई लक्षित गरी ल्याइएका कार्यक्रममा बैंकले साझेदारी गर्दै जाने नीति रहेको जानकारी दिए ।  कार्यक्रममा अर्थमन्त्री पौडेलले वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘बैंक समाचार’ नामक पुस्तक सार्वजनिक गरे । सो अवसरमा बैंकमा लामो समयदेखि कार्यरत कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।