
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्दा सर्त बुझेर जिम्मेवारीपूर्वक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
‘सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं’ भन्ने शीर्षकसहित बैंकले मंगलबार जारी गरेको वित्तीय सन्देशमा क्रेडिट कार्डको सही प्रयोगले भुक्तानी प्रक्रियालाई सुरक्षित र सुविधाजनक बनाउन सक्ने भए पनि लापरबाही गर्दा उच्च ब्याजदर र आर्थिक बोझ सिर्जना गर्न सक्ने जनाएको छ।
बैंकले क्रेडिट कार्ड प्रयोग गर्नु अघि क्रेडिट सीमा, शुल्क तथा ब्याजदर, बिल तयार हुने मिति र भुक्तानीको समयसीमा, साथै समयमा भुक्तानी नगरेमा लाग्ने अतिरिक्त शुल्कबारे स्पष्ट जानकारी लिन ग्राहकलाई सुझाव दिएको छ।
