Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैकिङ मर्जरमा अर्को इतिहास, एकैपटक छ बैंकहरु मर्ज हुँदै

admin २०७२ माघ १९ गते
सेयर:

bank qबैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लि., एपेक्स डेभलपमेन्ट बैंक लि., इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिप डेभलपमेन्ट बैंकबीच गाभ्ने÷गाभिने सहमति पत्रमा हस्ताक्षर गरिएको हो । गाभ्ने÷गाभिने प्रक्रिया २०७३ साल असार मसान्तभित्रमा सम्पन्न गरिने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । २०७२ साल असार मसान्तको वित्तीय विवरणअनुसार छ वटा बैंक तथा विकास बैंकको गाभ्ने÷गाभिने प्रक्रिया सम्पन्न भएपश्चात् बन्ने ‘क’ वर्गको बैंकको चुक्ता पुँजी रु आठ अर्ब २१ करोड, निक्षेप रु ८१ अर्ब १२ करोड र कर्जा रु ६४ अर्ब ८८ करोड पुग्ने एनसिसीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिनुभयो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।