’तरलता व्यवस्थापन गर्न सरकार गम्भीर’ विषयक कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय संस्थासँग भएको तरलता व्यवस्थापनमा सरकार गम्भीर भएको बताएका छन् । अधिक तरलताका कारण आउन सक्ने समस्याबारे सरकार जानकार रहेको भन्दै उनले वित्तीय संस्थालाई अप्ठेरो पर्नबाट सरकारले जोगाउने बताए । भण्डारीले भने, ’तरलता व्यवस्थापनबारे सरकारले छलफल गरिरहेको छ, हामी केही न केही उपाय निकाल्छौँ ।’ भण्डारीले तराईमा जारी आन्दोलन र भारतीय नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउन नसक्दा बैंकहरुले योजना अनुसार काम हुन नसकेको जानकारी गराए ।
बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको जनाएको छ । अहिले बैंकको सञ्चित नोक्सान एक अर्ब रुपैयाँ भन्दा कममा आइसकेको पन्थीले बताए। राष्ट्रिय वणिज्य बैंकले एकसय ६३ शाखा, ८० एटिएम, १० एक्सटेन्सन काउन्टर र ६७ शाखारहित बैंकिङमार्फत ६८ वटा जिल्लामा सेवा प्रदान गरिरहेको छ ।