Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति सहकार्य लघुवित्तद्धारा मृतक सदस्यको परिवारलाई बीमा रकम प्रदान

२०७७ आश्विन १३ गते

बैंकिङ खबर ।  रुपन्देही स्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भलुहीले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्र्तगत देवदह ९ स्थित उन्नति घोडाहा महिला समूहकी सदस्य मिना कुंवरको अल्पायुमै कालगतिले निधन भएपछि सदस्यले पाउने बीमा रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । मृतकको श्रीमान् बिष्णु बहादुर कुंवरलाई बीमा वापतको रकम रु १ लाख ५६ हजार रुपैयां शाखा कार्यालय भलुही शाखा प्रमुख अनिल शाहीले प्रदान गर्नुभयो ।

संस्थाका अनुसार समूहका सदस्यले कर्जा लिए वापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय प्रतिशत साथै सदस्यको श्रीमान्को मृत्यु भएमा १ सय प्रतिशत क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी शारदा थापाले जानकारी दिनुभयो ।

Ad