Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थानद्वारा बीमा रकम हस्तान्तरण

२०७७ आश्विन ११ गते

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फलेवास राहालेद्वारा फलेवास बीमा क्षतिपुर्ति रकम हस्तान्तरण गरेको छ । लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय फलेवास राहालेद्वारा नगरपालिका ०५ खानीगांउ अन्र्तगत खौला महिला समुहकी ग्राहक सदस्य कमला श्रेष्ठको मृत्यु बापतको बीमा क्षतिपुर्ति रकम नगद २,६०,०००  (अक्षेरुपी दुई लाख साठी हजार मात्र) प्रदान गरिएको हो । एक कार्यक्रमका बीच शाखा प्रबन्धक जीत नारायण चौधरीले मृतक सदस्यको पति देबी प्रसाद जोशीलाई उक्त रकम हस्तान्तरण गरे । शाखा प्रबन्धक चौधरीले ‘कोभिड–१९’ महामारीको प्रतिकुल अवस्थाका कारण संस्थामा आबद्घ ग्राहकको व्यवसाय आंशिक रुपमा बन्द भई आर्थिक रुपमा समस्यामा परेका आफ्ना ग्राहक सदस्यहरुलाई मध्यनजर गदै व्यवसाय पुनस्र्थापना कर्जा समेत प्रवाह गरिरहेको बताए । संस्थाका ग्राहकलाई प्राकृतिक प्रकोप, दैवी प्रकोप, महामारीको कारण सदस्यको घर, जग्गा, उत्पादनशील सम्पति वा व्यवसाय असफल भएको अवस्थामा व्यवसाय पुनस्र्थापना गर्न थप कर्जा रकमको व्यवस्था गर्दा व्यवसाय पुनस्र्थापना भई सदस्यहरुको आर्थिक क्रियाकलाप बृद्घि भएर ग्राहक सदस्यको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन सकिने बताए । साथै ऋणी सदस्यहरुलाई यस बिषम परिस्थितिमा व्यवसाय पुनस्र्थापना राहत/अनुदान समेत सहयोग प्रदान गर्दै आएको बताए । समुह सदस्य तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण लेखापाल सुबोध पराजुलीले गर्नुभएको थियो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तीन दशकदेखि निरन्तर अगाडि बढिरहेको छ । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्यक्षेत्र बनाई १८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिगरेको छ ।

 

Ad