बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छालिङ भक्तपुरले एक कार्यक्रमकाबिच बीमा क्षतिपुर्ति रकम बितरण गरेको छ । संस्थाको छालिङ शाखा भक्तपुरमा आबद्ध ग्राहक सदस्यहरुमध्येकै उत्कृष्ठ ऋणी सदस्य चांगुनारायण ७, स्थित बागेश्वरी महिला समुहकी पबित्रा बस्नेतको मृत्यू बापतको बीमा क्षतिपुर्ति रकम रु.३,२५,०००। हकवाला निजको श्रीमान कमल कृष्ण लामिछाने खत्रीलाई समुह अध्यक्ष सानुमाया खत्री मार्फत बितरण गरिएको थियो । निज सदस्यले आफ्नै जग्गा र केही जग्गा भाडामा लिई ब्यबस्थित च्याउ खेती गरी गर्दै आउनुभएको थियो ।
उक्त अवसरमा संस्थाबाट प्रकाशित देश भरीका उत्कृष्ठ ऋणीहरुको ब्यबसाय र जीवनी संग सम्बन्धित लेख समेटिएको समृद्धिको मार्गमा नामक पूस्तक निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड भक्तपुरका शाखा प्रमूख रवि कूमार गुरुङले मृतकका श्रीमान् कमल कृष्ण लामिछाने खत्रीलाई हस्तान्तरण गर्नु भएको थियो । उहाले भक्तपुर खरिपाटीमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले भक्तपुर जिल्लाको भक्तपुर न.पा., मध्यपुर ठिमी न.पा., सुर्यबिनायक न.पा., चांगुनारायण न.पा.लगायत भक्तपुरसंग सिमाना जोडिएका काठमाडौं र काभ्रेको केही वार्डहरुमा समेत गरी करिब दुई हजार घरधुरीका बिपन्न परिवारका महिलाहरुलाई समúहमा आवद्ध गराई स्वरोजगार, आयआर्जन र आत्मनिर्भर केन्द्रित बनाउन बिना धितो कर्जा लगानी गरिएको जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण निर्धन उत्थान लघुवित्त बित्तीय संस्था भक्तपुरकी केन्द्र ब्यबस्थापक ललिता के.सी.ले गर्नुभएको थियो ।