September 24th, 2020

बैंकिङ क्षेत्रमा कर्जा असुलीको प्रकृया सुरु हुन कम्तिमा छ महिना लाग्ने

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा अधिकाँस कर्जा असुलीको प्रकृया सुरु हुन कम्तिमा ६ महिना लाग्ने देखिएको छ । नियमित कर्जा असुलीमा नेपाल राष्ट्र बैंकले दिएको सुविधा भाका सार्ने काम भएका कारण हाल कर्जा असुलि प्रभावकारी हुन सकेको छैन । तथापी बैंकमा लगानीयोग्य पुँजीको भने अभाव रहने अबस्था छैन । कर्जाको माग खासै नभएका कारण बेंकमा रकम थुप्रीएको छ । हाल करीव ३७ खर्ब रुपैयाँ बैकवित्तसँग छ ।

कोरोनापछिको अबस्थामा बैंक तथा वित्तीय क्षेत्रमा चालु आर्थिक बर्षमा नाफा कम हुने संकेत देखिएको छ भने चुनौतीहरु पनि बढेका छन् । समयमै कर्जा असुली गर्नु अहिलेको लागि मुख्य चुनौती देखिएको छ । त्यसबाहेक ग्राहकको निरन्तरता, कर्जा प्रवाह एवं व्याजको व्यबस्थापन अर्को चुनौती बनेको छ । यतिबेला बैंकरहरु माझ लगानीको सुरक्षा, आम नागरिकको विश्वास र ऋणीहरुलाई सहजीकरण गर्नुपर्ने दायित्व पनि छ । बैंक तथा वित्तीय संस्थाहरु ऋणीलाई जती सरल र सहज बनाउन सक्छन् भविश्य त्यसमै निर्भर रहने अबस्था देखिएको छ । करिव ६ महिनादेखि ठप्प प्राय रहेको व्यापार व्यबसायले गति लिन कम्तिमा अर्को ६ महिना लाग्ने आँकलन गरिएको छ । यस्तो अबस्थामा बैंकवित्तीय संस्थाहरुले ऋणीलाई ताकेता गर्ने वा पैसा असुलमा मात्रै केन्द्रीत रहने अबस्था छैन । त्यसमाथि नेपाल राष्ट्र बैंकले कर्जाको प्रकृति अनुसार म्याद थप थप गरिदिएको छ । अहिलेको अबस्थामा कसरी ऋणीलाई सहजिकरण हुन्छ रु कसरी ऋणीले ऋण तिर्न सक्छन् र कसरी उनीहरुसँगको सम्बन्ध कायमै राख्ने यी कुरालाई ध्यान दिएरै राष्ट्र बैंकले म्याद थप गरेको हो । जु कुरा अर्थतन्त्रलाई जोगाउने एउटा डाडस बनेको छ । बैंकमा पैसा मात्रै थुपारेर पनि हुँदैन, निक्षेप संकलन नभई पनि हुँदैन । यस कारण निक्षेपकर्ता र ऋणी दुवैलाई आफ्नो बैंकमा अडिक रहने वातावराण बनाउनु बेंकवित्तका लागि अहिलेको अर्को जिम्वेवारी देखिन्छ ।

लगानीको क्षेत्र साँघुरिँदै
बैंकिङ क्षेत्रको कर्जामा केही मोडेलहरु वा व्याजका कुरा परिवर्तन गरेपनि अन्तत सबैकुरा लगानीसँग जोडिएको छ । लगानीका लागि सुरक्षित क्षेत्र मापन गर्न यतिबेला कठिन छ । पर्यटनमा ठुलै धक्का लागेको छ भने कृषिमा बजार व्यबस्थापनकै चुनौती देखिएको छ । छिमेकी देशबाट खुल्ला नाका मार्फत आयात हुने बस्तु रोक्न नसक्दा आत्मनिर्भर अर्थतन्त्रमा ठुलै धक्का लाग्ने देखिन्छ । यसकारण पनि लगानीको क्षेत्र रोज्न कठिन छ । कतिपय ऋण खराव कर्जातर्फ धकेलीने सम्भावना समेत बढेर गएको छ । यसबाहेक अन्य उपभोग्य लगानी जस्तै घर, गाडि, रोजगारी आदीको अबस्थासमेत कम्जोर हुँदा बैंकलाई बुझाउनुपर्ने व्याज, किस्ता वा साँबा तत्काल बुझाउन सक्ने अबस्थामा ऋणीहरु छैनन् । यसले गर्दा सेवामूलक ढंगले बैंकहरुले विभिन्न रणनीति बनाउँदा पनि व्यबसायीक हिसावबाट भने बैंकहरु कम्जोर हुने देखिएको छ ।

राष्ट्र बैंककको कदमले सहजिकरण
राष्ट्र बैंकले ऋण तिर्ने भाका सारिदिएको छ । जसले गर्दा बैंकलाई र ऋणीहरुलाई राहत मिलेको छ । यसो नगरेको भए ऋण तिर्न नसक्ने ऋणीहरु कालोसुचीमा पर्दथे । हाल केही समय ऋण तिर्न नसक्दा कालो सूचिको डर हैन । राष्ट्र बैंकले यो व्यवस्था नगरिदिएको भए बैंकहरुको कर्जा नोक्सानीमा पनि समस्या आउने अबस्था थियो । जसले गर्दा बैंकहरुले प्रत्येक महिना सार्वजानिक गर्ने वासलातमा असर देखा पर्दे जान्थ्यो । उक्त असरले आम सर्वसाधारणको बैंकप्रतिको विश्वास पनि गुम्ने खतरा रहन्थ्यो । राष्ट्र बैंकको यो कदमले बैंकहरुलाई पनि ठुलो संकट आउनबाट जोगाएको छ । अहिलेको यो विषम परिस्थितिमा अन्य देशले गरेको असल अभ्यास राष्ट्र बैंकले अवलम्बन गरेका कारण बैंक तथा ऋणीहरु दुबै पक्षलाई सजिलो देखियो र यो सहजताले देशको सिंगो अर्थतन्त्रलाईनै सहजिकरण गराएको देखिन्छ । हाल राष्ट्र बैंकले पुर्नरकर्जाको कोष ३८ अरब रुपैयाँ रहेकोमा यसको ५ गुणासम्म पुर्नरकर्जा दिनसक्ने घोषणा हुँदा अहिले प्राय पुनरकर्जाका लागि काम भइरहेको छ । जस अनुसार वाणिज्य बैंकहरुलाई ७० प्रतिशत, लघुवित्त लगायतका वित्तीय संस्थाहरुलाई १० प्रतिशत दिने व्यवस्था गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]