July 28th, 2016

साताको अन्तिम दिन घटेर बन्द भयो नेप्से : नेपाल बैंकको शेयरमा किन बढ्दैछ आकर्षण ?

economicसाताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । साताको कारोबारको सुरुवातदेखि नै बढिरहेको बजार विहिबार घटेको हो । कारोबार खुलेको सुरुमा बजार थोरै बढेको भएपनि अन्ततः ३.५२ अंकको गिरावटसँगै १८७७.९३ अंकमा कायम भएको छ । फाइनान्स र बीमाबाहेक सबैसमूह घटेपछि समग्र बजार नै प्रभावित बनेको छ । 

विहिबार शेयर कारोबार भने बुधबारको तुलनामा थोरै बढेको छ । दिनभरिमा १ सय ४७ वटा कम्पनीको १० लाख ७० हजार ७ सय ४६ कित्ता शेयर १० हजार १ सय २३ पटक खरिदविक्रि हुँदा कुल २ अर्ब ३० करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । बुधबार २ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो । 

विहिबार लगानीकर्ताले धेरै आकर्षण नेपाल बैंकको शेयरमा देखिएको छ, जसको साढे २३ करोडभन्दा माथिको शेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको साढे ११ करोडभन्दा बढीको शेयर कारोबार हुँदा एनएमबी बैंक र एनबी बैंकको ८ करोड र प्राइम कमर्सियल बैंकको साढे ६ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई सम्मुनत स्किम १, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम लगायतको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । 

किसान माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा गुडविल फाइनान्स, माउण्ट मकालु डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, देवः विकास बैंक र ललितपूर फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९८, ९.९५, ९.९०, ९.८६ र ९.८३ प्रतिशतका दरले कमाएका छन् । काबेली विकास बैंक, नेपाल बैंक, तारा गाउँ रिजेन्सी, वेस्टर्न डेभलपमेन्ट बैंक लगायतले पनि कमाएका छन् । बोटलर्स नेपाल र स्वरोजगार लघुवित्तका प्रोमोटर शेयरधनीले झन्डै १० प्रतिशतका दरले गुमाएका छन् । राप्तीभेरी विकास बैंक, विजय लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक लगायतले पनि गुमाएका छन् । 

विहिबार सबैभन्दा धेरै उत्पादनमूलक समूह ६०.२९ अंकले घट्दा वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत् र अन्य क्रमशः २.७५, ०.११, ४.६८, ९.१७ र ४.३४ अंकले घटेका छन् । फाइनान्स र बीमा भजे क्रमशः ५.९९ र ३.६५ अंकले बढेका छन् ।