September 22nd, 2020

स्वस्तिक लघुवित्त र समाज लघुवित्त मर्जर हुँदै

बैंकिङ खबर । स्वस्तिक लघुवित्त वित्तीय संस्था लि. र समाज लघुवित्त वित्तीय संस्था लि.ले एक आपसमा गाभ्ने÷गाभिने भई समझादारी पत्रमा हस्ताक्षर गरेका छन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.का तर्फबाट संस्थाका अध्यक्ष सत्य नारायण झा र समाज लघुवित्त वित्तीय संस्था लि.का तर्फबाट संस्थाका अध्यक्ष दिलिपकुमार धौभडेलले एक कार्यक्रममा हस्ताक्षर गरेका छन । मर्जर पश्चात संस्था पूँजिगत रुपमा सबल, समक्ष भई उत्कृष्ठ वित्तीय सेवा प्रदान गर्ने स्वस्तिक लघुवित्त वित्तीय संस्थालि.का प्रमुख कार्यकारी अधिकृत जीवन खनालले जानकारी दिनु भयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]