Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पुनरकर्जा र राष्ट्र बैंकले तोकेको व्याजमा छुट दिन आनाकानी

२०७७ आश्विन ५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले गत चैत मसान्त सम्म कर्जा भुक्तानीमा १० प्रतिशत व्याज मिनाहा गर्न बैंक वित्तलाई निर्देशन दियो । उक्त निर्देशन विपरीत स्टान्डर्ड चार्टर्ड बैंकले व्याज छुट दिएन । त्यपछि नेपाल राष्ट्र बैंकले कर्जा असुलीमा ग्राहकको समस्यालाई मध्यनजर गरी मौद्रिक नीतिमार्फत कर्जा भुक्तानी अबधि थप गरेको छ । यस्तो नीति विदेशका अधिकाँस केन्द्रीय बैंक र कतिपयमा सरकार आफैले यस्तो नीति लिएका छन् । सोही नीति बनाएर ऋणी र बैंक दुवै पक्षको सहजीकरण र अअर्थतन्त्र बचाउने उद्येश्यस्वरुप राष्ट्र बैंकले गतिलो कदम चालेको थियो । तर उक्त कदमलाई पनि स्टान्डर्ड चार्टर्ड बेंकले विरोध गर्दै आएको छ । त्यसमाथि उक्त बैंकले ऋणीलाई ऋण असुल्ने काम गरीरहेको छ । ऋणीलाई बाध्यतामा पारेर घरजग्गा लीलामी गर्ने उद्येश्यमा हाल उक्त बैंक अघि बढेको छ ।

स्टान्डर्ड चाटर्ड बैंक नेपाल राष्ट्र बैंककै मातहतमा संचालित क वर्गको बैंक हो । अधिकतम विदेशी लगानीमा स्थापित यो बैंक विभिन्न कारणले पटकपटक आलोचित भइरहन्छ । यो बैंक विशेषत पैसा कमाउन नेपाल आएको हो । अन्तराष्ट्रिय ब्राण्ड बनाएको हुँदा सोही आडमा उक्त बैंकले अबैधानीक काम गर्दै आएको छ ।
बहुराष्ट्रिय कम्पनी भएकै कारण देशको कानुन विपरित काम गर्न पाईदैन , तथापी उक्त बैंक राष्ट्र बैंकको सबै नीति विपरीत संचालीत छ ।

एक नाफा मात्रै कमाउने होड
केन्द्रीय बैंकको निर्देशनको पालना नगर्ने लगायतका कारण यो बैंकको धेरै नै टिकाटिप्पणी हुने गरेको छ । हरेक वर्ष अरबौँ नाफा कमाउाँदै आएको बैंक राष्ट्रिय हितका लागि काम गर्ने कुरामा निकै पछाडी रहेको छ । सन् १९८७ मा नेपाल प्रवेश गरेको यस बहुराष्ट्रिय बैंकले राष्ट्रिय हितलाई पन्छाउँदै मुनाफा आर्जनलाई मात्रै ध्यानमा राखेको छ । जसले मुनाफान बाहेक अरु केही हेर्दैन ।

उत्पादनमुलक क्षेत्रमा लगानी छैन ।
स्टान्डर्ड चाटर्ड बैंकले उत्पादनमुलक क्षेत्रमा लगानी नै गरेको छैन भन्दा फरक पर्दैन । नाफामूलक क्षेत्रमा मनपरी आफुखुसी लगानी गरेको छ । नेपाल राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्रमा २५ प्रतिशत लगानी गर्नुपर्ने नीति लिएको छ भने कृषि र उर्जामा गरी १५ प्रतिशत लगानी गर्नुपर्ने नीति छ । तर उक्त बैंकको उत्पादनमूलक क्षेत्रमा जम्मा ६ प्रतिशत मात्रै लगानी छ । उक्त बैंकले घरजग्गाा र व्यापारमा मात्रै लगानी गरेको छ । जसले छोटो समयमा धेरै मुनाफा आर्जन गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा २५ प्रतिशत लगानी गर्न निर्देशन दिए पनि उक्त बैंकले कति लगानी गरेको छ भनेर राष्ट्र बैंकले अनुगमन गरेको छैन । त्यसमध्ये पनि १० प्रतिशत कृषिमा र पाँच प्रतिशत उर्जामा लगानी गर्नुपर्ने भनिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले उक्त नीतिलाई लत्याउँदै आएको छ । बैंकले उत्पादनमूलक क्षेत्रमा जम्मा ६ प्रतिशत लगानी गरेको छ भने कृषिमा एकप्रतिशत पनि छैन ।

आफ्नै खुसीमा शाखा विस्तार मनपरी
शाखा संजालका हिसाबले स्टान्डर्ड चार्टर्ड फाइनान्स कम्पनी भन्दा पनि कमजोर छ । हालसम्म बैंकले १२ वटा शाखा मात्रै विस्तार गरेको छ । ती शाखाहरु पनि मुलुकका प्रमुख सहरहरुमा मात्रै छन् । १२ मध्ये पाँच शाखा काठमाडौँ उपत्यकाभित्रै रहेका छन् । बाँकी शाखा, नेपालगञ्ज, पोखरा, धरान, वीरगञ्ज, नारायणगढ, बुटवल र विराटनगर जस्ता सहरहरुमा रहेका छन् । सबै स्थानीय तह तथा दुर्गम भेगमा बैंक पुर्याएर ससानो पूँजीलाई पनि बैंकिङ क्षेत्रमा ल्याउने र समग्र मुलुकको आर्थिक विकास गर्ने नेपाल राष्ट्र बैंक तथा सरकारको उद्देश्य रहेको छ । हालसम्म बैंकले एउटा मात्रै एक्सटेन्सन काउन्टर विस्तार गरेको छ, जुन ललितपूरको युएन बिल्डिङमा रहेको छ । यसबाहेक, काठमाडौँ उपत्यकाभित्र ११ सहित कुल २१ वटा एटिएममार्फत स्टान्डर्ड चार्टर्ड बैंकले सेवा दिइरहेको छ ।

बैंकमा सबै लगानी विदेशी होइन
उक्त बैंकमा सबै लगानी विदेशी होइन । नियमनकारी निकाय पनि विदेशको कुनै कम्पनी होइन । नेपालको केन्द्रीय बैंकको नीतिमा चल्नेगरी उक्त बैंक नेपाल आएको हो । यो बैंकमा ७०.२१ प्रतिशत स्वामित्व स्टान्डर्ड चार्टर्ड ग्रुपको अर्थात विदेशी लगानी हो । बाँकी २९.७९ प्रतिशत लगानी नेपाली सर्वसाधारण जनताको लगानी छ । संसारभर १ हजार ७०० वटा शाखामार्फत ७० वटा देशमा आफ्नो संजाल फैलाएको स्टान्डर्ड चार्टर्ड बैंकले नेपालको नीति मात्रै अस्वीकार गर्दै आएको छ । भारत लगायतका अन्य देशको केन्द्रीय बैंकको नीतिलाई उक्त बैंकले स्वीकारेको छ ।

नेपाल राष्ट्र बैंक भन्दा माथि बैंक हुन सक्छ ?
हरेक देशमा एउटा केन्द्रीय बैंक हुन्छ । नेपालमा केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैंक रहेको छ । राष्ट्र बैंककै स्वीकृति अनुसार बैंक वित्त संचालीत छन् । विदेशी लगानी रहेका अरु बैंक पनि नेपालमा छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले हरेक बेंक वित्तलाई विदेशी बैंक वा विदेशी लगानीमा स्वीकृति दिएको छ । त्यसबाहेक विदेशी बैंकहरुसँग कर्जा ल्याउन बाटो खुल्ला गरेको छ । सोही अनुसार विभिन्न बैंकवित्तले विदेशबाट कर्जा ल्याएका छन् भने विदेशी लगानी भित्राइरहेका छन् । तर अरु सबै बैंकवित्तले राष्ट्र बैंकको नीति फलो गर्नुपर्ने र स्टान्डर्ड चार्टर्ड बैंकले गर्नु नपर्ने कारण के छ ?

पुनरकर्जा र सहुलीयता नदिने नीति
स्टान्डर्ड चार्टर्ड बैंकको पुनरकर्जा तथा सहुलीयत कर्जा दिने नीति छैन । सरकारले बजेट मार्फत प्नरकर्जा र सहुलीयतपूर्ण कर्जाको व्यबस्था गरेअनुसार नेपाल राष्ट्र बैंकले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न खोजेको छ । तर स्टान्डर्ड चार्टर्ड बैंकले पुनरकर्जा र सहुलीयत व्याज नदिने नीति लिएको छ ।

अब अरु बहु राष्ट्रिय कम्पनीले के गर्ने ?
नेपालमा स्टान्डर्ड चार्टर्ड मात्रै बहुराष्ट्रिय कम्पनी होइन । र स्टान्डर्ड चार्टर्ड मात्रै विदेशी लगानीको बैंक पनि होइन । त्यसमाथि पूर्ण विदेशी लगानी पनि होइन । यदी बहुराष्ट्रिय कम्पनीले यसो गर्ने हो भने नेपालमा बहुराष्ट्रिय कम्पनी स्टान्डर्ड चार्टर्ड मात्रै होइन । यस्ता दर्जनौ कम्पनी छन् । एनसेलले सरकारलाई कर नबुझाउँदा कत्ति विरोध भयो । उसको मुद्धा सर्बोच्चसम्म पुग्यो । अन्तत उसले सम्पूर्ण कर बुझाउन बाध्य भयो । यस बाहेक अरु धेरै बहुराष्ट्रिय कम्पनी नेपालमा छन् । जसले मनपरी ग्राहक ठग्न पाउँदैनन् र सरकारको नीति अनुसार संचालीत हुनुपर्छ । स्टान्डर्ड चार्टर्डले राष्ट्र बैंकको निर्देशन नमान्नुले अरु बहुराष्ट्रिय कम्पनीलाई कस्तो सन्देश जान्छ । यो प्रमुख चुनौतीको विषय बनेको छ ।

Ad