September 18th, 2020

महिला सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न

बैंकिङ खबर । महिला सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको साधारण सभाले महिला सामुदायिक लघुवित्त र जाल्पा लघुवित्त मर्जर गर्ने प्रस्ताव पारित गरेको हो । संचालक समितिको अध्यक्ष गीता गीरीले लघुवित्त मर्जरपछि राष्ट्रियस्तरको एक सवल, सक्षम र ग्राहकमैत्री लघुवित्त वित्तीय संस्था बनी गुणस्तरीय सेवा प्रदान गर्ने धारणा व्यक्त गरिन् । दुबै संस्था मर्जरको सम्बन्धमा मिति २०७६ माघ १६ गते प्रारम्भिक समझादारीपत्र मा दस्तखत सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट मिति २०७७ असार ५ गते सैद्धान्तीक सहमति प्राप्त भएको थियो । मर्ज पछि वित्तीय संस्थाको नाम सृजना सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड भई कार्यक्षेत्र राष्ट्रियस्तरको हुने, गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा गरी ५५ वटा शाखा मार्फत ८० हजार ग्राहक सदस्यहरुलाई सेवा प्रदान गर्ने, संस्थाको बचत  २ अर्व र लगानीमा रहेको कर्जा ३ अर्व रुपैयाँ पुग्नेछ र संस्थामा ३५७ जना कर्मचारीहरु कार्यरत रहनेछन् ।संस्थाका बरिष्ठ प्रबन्धक एंव कम्पनी सचिव लोकमणी रेग्मीले कार्यक्रम संचालन गरेका थिए । सभामा शेयरधनीहरुबाट उठेका जिज्ञासाहरुको सम्बन्धमा गीता गीरी र कार्यकारी अधिकृत विमला योगी ले प्रष्ट पारेको थिए ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]