September 13th, 2020

उन्नती सहकार्य लघुवित्तले पायो राष्ट्रिय स्तरको मान्यता

उन्नति सहकार्य लघूवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय स्तरको लघुवित्तको मान्यता पाएको छ । २०७७/०५/२८ गते नेपाल राष्ट« बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग बाट “घ” वर्गको वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, मार्गदर्शन, नीति, परिपत्र एवंम उन्नति सहकार्य लघूवित्त वित्तीय संस्था लिमिटेडको प्रवन्धपत्र, नियमावली, विनियमावलीहरु र अन्य प्रचलित कानूनको अधिनमा रहनेगरि कार्यक्षेत्र राष्टि«य स्तरमा स्वीकृति प्रदान गरिएको छ । संस्थाको संञ्चालकहरुमा अध्यक्ष डा अनिता ढंगाना शाह, खडग बहादूर राना, कृष्ण प्रसाद गौतम, राजन तिवारी, भागर्भ धिताल, खिलराज मैनाली र उपेन्द्रराज उप्रेति रहनू भएको छ भने संस्थाको प्रमूख कार्यकारी अधिकृत प्रेम बहादूर पाठक कार्यरत रहनूभएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]