उन्नति सहकार्य लघुबित्तद्धारा मृतकका परिवारलाई वीमा रकम हस्तान्तरण

?

बैकिङ खबर । रुपन्देहीस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लि.का शाखा कार्यालय पडसरीले समुहमा आवद्ध मृतक परिवारका सदस्यलाई वीमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानिय गरिब तथा बिपन्न वर्गका महिलाहरुको समुह वनाई उक्त समुह मार्फत बिना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यस अन्तर्गत ओमसतिया गा. प. वडा नं. ०२ करबला टोलमा गठन भएको उन्नति बसबला महिला समुहका सदस्य श्रीमति शान्ति केवटको श्रीमान शिव कारण केवटको असामहिक निधन भएकोले समुह सदस्य श्रीमति शन्ति केवटलाई एक कार्यक्रमका वीच उक्त संस्थाका शाखा प्रमुख धर्मेन्दर यादवले समुह सदस्यहरु र वडा सदस्यको रोहवरमा रु १,००,०००। (अक्षरेपी एक लाख रुपैया मात्र) नगद हस्तान्तरण गर्नुभयो । यसरी यस संस्थाले विभिन्न क्षेत्रमा सामाजिक र आर्थिक उत्तरदयित्व वहन गर्दै आइरहेको छ ।


सोसिअल मेडिया